Rule 36
कुनै वन्यजन्तु वा पंक्षीलाई हानिकारक घोषित गर्न सकिने
यस नियमावलीमा यस अघि जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वन तथा भू(संरक्षण मन्त्रालयले कुनै खसा क्षेत्रमा कुनै खास समयको लागि ऐनको अनुसूची (१ मा उल्लिखत वन्यजन्तु वा पंक्षी बाहेक अन्य कुनै वन्यजन्तु वा पंक्षीहरुलाई नेपाल राजपत्रमा प्रकाशित गरी कृषिको निमित्त हानिकारक घोषित गर्न सक्नेछ र त्यसरी हानिकारक घोषित गरिएका वन्यजन्तु वा पंक्षीलाई सोही सूचनामा तोकिएको शर्त र बन्देजको अधिनमा रही, खेत, खला, बारीमा विना अनुज्ञापत्र पनि धपाउन, लखेट्न, पक्रन वा मार्न सकिनेछ ।